
काठमाडौं । शुक्रबारको प्रदर्शनका क्रममा क्षति र प्रदुषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार क्षतिपूर्ति तिराएको काठमाडौं महानगरका अधिकारी पत्र बुझाउन निर्मल निवास पुगेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले उपलब्ध गराएको महाराजगञ्जस्थित निर्मल निवासमा आइतबार कार्यालय खुल्नासाथ पुगेको महानगरको टोलीले पत्र भने बुझाउन पाएन ।
महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ ।
पूर्वराजाको सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेकोले अब महानगर प्रक्रियामा अघि बढ्ने बताए ।
प्रतिक्रिया