‘क्रेटा ईभीले विद्युतीय गाडीको चाहनालाई पूरा गर्छ’

497
Shares

विश्वको अग्रणी गाडी निर्माता कम्पनी हुन्डाई मोटर कम्पनीले सदैव ग्राहकको चाहना र आवश्यकतालाई आत्मसाथ गर्दै समय सापेक्ष गाडीहरु उत्पादन गर्दै आएको छ ।

हुन्डाई गाडीको नेपालमा आधिकारिक बिक्रेता भएर हामीले नेपाली उपभोक्तालाई विश्वकै अग्रणी कम्पनीका गाडी बिक्री वितरण गर्दै आएका छौँ । हुन्डाईका गाडी विश्व बजारमा आएसँगै हामीले नेपाली बजारमा ल्याउने क्रमलाई निरन्तरता दिएका छौं र सफल पनि भएका छौँ ।

यही क्रममा आज हामीले हुन्डाई मोटर कम्पनीको बहुप्रतिस्थित र छोटो समयमै विश्व बजारमा लोकप्रिय बनेको अत्याधुनिक प्रविधि, उत्कृष्ट मोडलको क्रेटा ईभी नेपाली बजारमा प्रस्तुत गर्न गइरहेका छौँ । हामी हाम्रा उपभोक्ता माझ उत्कृष्ट र लोकप्रिय हुन सफल भएको एसयुभी गाडीको समय सापेक्ष, अर्थात विद्युतीय संस्करणलाई नेपाली ग्राहकहरुमा सार्वजनिक गर्न पाउँदा गौरवान्वित भएका छौँ ।

क्रेटा हुण्डाई मोटर्सको यो युगकै सफल र उत्कृष्ट उत्पादन हो । नेपालमा एसयुभी गाडी चढ्न चाहने उपभोक्ताको पहिलो रोजाई क्रेटा गाडी बनेकोमा हामी गौरवान्वित छौँ । हामीले हुन्डाई क्रेटालाई नेपाली बजारमा सबैभन्दा पहिले २०१५ मा प्रस्तुत गरेका थियौँ । त्यस समयदेखि आज २०२५ सम्म आइपुग्दा दस हजारभन्दा बढी सन्तुष्ट ग्राहकको मन जित्न सफल भएका छौँ ।

हामी हुन्डाई क्रेटा ईभीलाई नेपाली बजारमा सार्वजनिक गर्दै जाँदा यसले अहिलेको बजारमा रहेको विद्युतीय गाडीहरुको मागलाई अझ बढी सशक्त रुपले ग्राहकको चाहना पूरा गर्नेछ भन्ने आशा लिएका छौँ ।

यसै गरि आजको यो शुभ अवसरमा हामीले २०२५ सालको लागि लिएको भिजन अन्तर्गत हुन्डाईलाई पूर्णत मोबिलिटी सोलुसन प्रदायकको रुपमा प्रस्तुत गर्नको लागि हुन्डाइका केहि गाडीहरु नेपालमा नै सफलतापूवर्क उत्पादन गरिसकेको व्यहोरा यहाँहरुलाई अवगत गराउँदछु ।

लुम्बिनी प्रदेश, परासीको रामग्राम नगरपालिकामा अवस्थित लक्ष्मी मोटर कर्पोरेशन अन्तर्गत हुन्डाई एसेम्ब्ली प्लान्टबाट समय सापेक्ष रुपमा थप मोडलहरु उत्पादन गर्दै यहाँहरु समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता हामीले लिएका छौँ । मलाई पूर्ण विश्वास छ हामी केवल पेट्रोलियम इन्धन वा विद्युतीय गाडीका ब्राण्ड मात्र नभई सम्पूर्ण मोबिलिटी सोलुसन प्रदायकको रुपमा हुन्डाईलाई नेपालमा चिनाउन सफल हुनेछौँ ।

म आजकै कार्यक्रम मार्फत हुन्डाईलाई पूर्णत मोबिलिटी सोलुसन प्रदायकको रुपमा स्थापना गर्ने हाम्रो प्रतिबद्धतालाई साथ दिई अगाडि बढ्नु हुन हाम्रो लक्ष्मी इन्टरकन्टिनेन्टलका परिवार लाई विषेश भूमिका निभाउनको लागि आह्वान गर्दछु ।

हुन्डाई नेपाललाई पूर्णत मोबिलिटी सोलुसन प्रदायकको रुपमा स्थापना गर्न सहयोग र सुभावको लागि अनुरोध गर्दै हुन्डाई नेपालको यात्रामा सबैले साथ दिनहुने छ भन्ने कुरामा म विश्वस्त छु ।

(क्रेटा ईभी सार्वजनिक कार्यक्रममा नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईको माउ कम्पनी लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले व्यक्त गरेको विचार )