कुलमानलाई हटाउने सरकारको निर्णय

595
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।

घिसिङसँग ऊर्जामन्त्री दीपक खड्कासँगको विवाद उत्कर्षमा पुगेपछि सरकारले घिसिङलाई हटाउने निर्णय गरेको हो । यस अघि उनलाई हटाउनको लागि पटक पटक स्पष्टीकरण सोधिएको थियो भने पछिल्लो पटक कुलमानको मूल्यांकनमा शून्य नम्बर दिएको थियो ।

पहिलो कार्यकालमा लोडसेडिङ हटाएर जनतामा लोकप्रिय भएका घिसिङलाई सरकारले दोस्रो पटक २५ साउन २०७८ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।