प्रोटोनको ई.मास सेभेन नेपाली बजारमा सार्वजनिक, ५७ लाख मूल्यमा पाइन्छ यस्ता फिचर


काठमाडौं । नेपालमा प्रोटोनको बहुप्रतीक्षित विद्युतीय कार ई.मास सेभेनलाई सार्वजनिक भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले कारलाई नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

यो नवप्रवर्तनकारी मोडेलले हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । यो कार नेपालमा वातावरणमैत्री नवप्रवर्तनकारी अटोमोटिभ समाधानहरूमा विश्वव्यापी अग्रणी यातायात समाधानको बढ्दो माग पूरा गर्न तयार छ रहेको बताइएको छ ।

नेपालमा प्रोटोन ई.मास सेभेनका दुई भेरियन्टहरु प्राइम र प्रिमियम उपलब्ध हुनेछन् । कारको मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । ई.मास सेभेन प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी ५ वटा आकर्षक रङ्गमा उपलब्ध छ ।

उद्घाटन समारोहमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, कम्पनीको लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान रहेको बताए । उनले भने, ‘जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्नेछ ।

ई.मास सेभेनका मुख्य विशेषताहरू र प्रविधिहरूः
प्रोटोनको पहिलो विद्युतीय सवारी साधन
ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा निर्माण ।
१२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम ।
नवीनतम सेल–टु–बडी ब्याट्री संरचना ।
नयाँ पुस्ताको एगिस सर्ट–ब्लेड ब्याट्री (लिथियम आयरन फस्फेट) ।

सुरक्षा र प्रदर्शनः
लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम ।
३६०–डिग्री भ्यू क्यामेरा ।
५–स्टार आसिएन एनक्याप सुरक्षा रेटिङ्ग ।
१६० किलोवाट पावर र ३२० एनएम टर्क ।
० देखि १०० किमि प्रतिघण्टा पुग्न ६.९ सेकेन्ड ।
१०० किमि प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी ।

ब्याट्री र चार्जिङ्ग
प्राइम भेरियन्टः ४९.५२ किलोवाट आवर ब्याट्री, ३४५ किमि रेन्ज ।
प्रिमियम भेरियन्टः ६०.२२ किलोवाट आवर ब्याट्री, ४१० किमि रेन्ज ।
डीसी फास्ट चार्जिङ सपोर्टः ३०% बाट ८०% चार्ज २० मिनेटमा ।
१० मिनेटको चार्जिङले १३५ किमि रेन्ज प्रदान गर्छ ।

इन्टेरियर र आरामः
भेन्टिलेटेड कार सिटहरू र प्रशस्त लेगरुम ।
३३ स्टोरेज कम्पार्टमेन्टहरू ।
वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम ।
२५६–रङको एम्बियन्ट लाइटिङ (श्रेणीमा सर्वश्रेष्ठ) ।
१५.४–इन्च, २.५ के रिजोल्युसन टचस्क्रिन डिस्प्ले ।

प्रोटोन ई.मास सेभेन मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो । प्रोटोन ई.मास सेभेन पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको थियो । प्रोटोन ई.मास सेभेन प्रोटोनको नक्साल फ्ल्यागशिप शोरूममा बुकिङका लागि उपलब्ध छ । ग्राहकहरूले विशेष प्रारम्भिक अफरहरू र सजिलो वित्त योजनाको फाइदा लिन सक्नेछन् ।