
काठमाडौं । फागुन महिनामा गरिएको आयातको तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरेको छ । १ महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको वस्तु आयात भएको हो ।
फागुनमा डेढ खर्ब बढीको आयात भएसँगै पुसदेखि सुधारिएको आयातको स्थितिले निरन्तरता पाएको छ । पुसमा २०७७ सालपछिकै सबैभन्दा बढी १ खर्ब ६० अर्ब ८९ करोड बराबरको आयात भएको थियो । यसैगरी माघमा पनि सोही क्रमले निरन्तरता पाउँदै आयातको परिमाण १ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ कायम भएको थियो । फागुनमा थप १ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँको आयत भएसँगै आर्थिक वर्ष २०८१/८२ ले सुधारको लय समातेको हो ।
२०७७ मंसिरमा एकै महिनामा १ खर्ब ८८ अर्ब १२ करोड बराबरको आयात भएको थियो । आयातले आकास छोएपछि त्यतिबेला नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिन अनिर्वाय गरेको थियो भने सरकारले सवारीसाधन सहित विलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
फागुनमा १ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात हुँदा चालु आर्थिक वर्षको ८ महिना बित्दा कुल आयात ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबर पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।
यता फागुनसम्म १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । निर्यात गत आवको फागुनसम्मको तुलनामा ५७ प्रतिशत बढी हो ।
एक आयातकर्ता व्यवसायीका अनुसार उनले फागुनमा अहिलेसम्मकै धेरै आयात गरेका छन् । खासगरी विद्युतीय सामाग्रीको आयात निकै बढी छ ।
आयात बढ्नुले अर्थतन्त्रमा मागसँगै उपभोग बढेको संकेत गर्दछ । ब्याजदर सस्तो हुँदा उपभोग बढेको छ किनकी सेयर बजार र घरजग्गा कारोबार सुस्ताउँदा स्पेकुलेटिभ मोटिभमा लगानी गर्ने विकल्प छैन ।
कुन महिना कतिको आयात ?
२०७७ असारः १ खर्ब ५६ अर्ब रुपैयाँ
२०७७ साउनः १ खर्ब ५१ अर्ब रुपैयाँ
२०७७ भदौः १ खर्ब ६५ अर्ब रुपैयाँ
२०७७ असोजः १ खर्ब ६४ अर्ब रुपैयाँ
२०७७ कात्तिकः १ खर्ब ७२ अर्ब रुपैयाँ
२०७७ मंसिरः १ खर्ब ८८ अर्ब रुपैयाँ
२०७७ पुसः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०७७ माघः १ खर्ब ४८ अर्ब रुपैयाँ
२०७७ फागुनः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०७७ चैतः १ खर्ब ५८ अर्ब रुपैयाँ
२०७८ वैशाखः १ खर्ब ३८ अर्ब रुपैयाँ
२०७८ जेठः १ खर्ब ५९ अर्बरुपैयाँ
२०७८ असार १ खर्ब ५७ अर्ब रुपैयाँ
२०७८ साउनः १ खर्ब ३१ अर्ब रुपैयाँ
२०७८ भदौः १ अर्ब ४२ अर्ब रुपैयाँ
२०७८ असोजः १ खर्ब २७ अर्ब रुपैयाँ
२०७८ कात्तिक १ खर्ब ३२ अर्ब रुपैयाँ
२०७८ मंसिरः १ खर्ब ३२ अर्ब रुपैयाँ
.
.
२०८१ साउनः १ खर्ब २८ अर्ब रुपैयाँ
२०८१ भदौः १ खर्ब ३४ अर्ब रुपैयाँ
२०८१ असोजः १ खर्ब २८ अर्ब रुपैयाँ
२०८१ कात्तिकः १ अर्ब २३ अर्ब रुपैयाँ
२०८१ मंसिरः १ खर्ब ४८ अर्ब रुपैयाँ
२०८१ पुसः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०८१ माघः १ खर्ब ६६ अर्ब रुपैयाँ
२०८१ फागुनः १ खर्ब ५७ अर्ब रुपैयाँ
प्रतिक्रिया