विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यता छ: प्रधानमन्त्री

315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरिरहेको दाबी गरे ।

असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको उनको भनाइ छ । उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको ओलीको भनाइ छ ।

कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उनले बताए ।

‘नेपाल पछाडि परेको छ, गरिब छ । त्यसैले एलडिसीमा परेको छ । अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ । र अहिले लिएको ऋण यो देशको विकासकै लागि हो,’ ओलीले भने, ‘ बढी उत्पादन र बढी उत्पादकत्व हुने ठाउँ जहाँ छ त्यस ठाउँमा खर्च गर्न र बढी विकासका काममा तिब्रता दिनका लागि ऋण लिने काम गरिएको छ । अहिलेको सरकारको नीति के छ भने पहिलादेखि चलिआएका आयोजना छन् र अधुरो छोड् मिल्दैन त्यो चलाउनका लागि ऋण बाहेक अर्को उपाय छैन ऋणकै अंश फेज १,२ र ३ गरी अहिले फेज ३ मा ऋण नलिएर त्यसलाई असफल बनाउन सकिँदैन । त्यसैले ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ ।’

Skip This