
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
हाल बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा रहेका छन् ।
प्रतिक्रिया