नेपाल आउने रेमिट्यान्समा २ तिहाइ हिस्सा एशियाको, कहाँबाट कति ?

392
Shares


काठमाडौं । नेपालमा प्राप्त हुने रेमिट्यान्सको २ तिहाइभन्दा धेरै हिस्सा एशियाको रहेको छ । नेपाल राष्ट्र बैंक गैह्रबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको वार्षिक सुपरीवेक्षण प्रतिवेदन अनुसार नेपालमा विप्रेषण आप्रवाह क्षेत्रगत रूपमा हेर्दा, सबैभन्दा ठूलो विप्रेषण स्रोत क्षेत्र मध्यपूर्व रहेको हो ।

युएइ, साउदी अरेबिया, कतार कुवेत लगायका अरब मुलुकहरुबाट नै नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स आउने गरेको छ । यि सबै अरब मुलुकहरु मध्यपूर्वमा नै पर्ने भएकोले रेमिट्यान्समा उक्त क्षेत्रले सबैभन्दा धेरै ४१.८८ हिस्सा ओगट्छ । यो रकम मनी ट्रान्सफर कम्पनीहरूमार्फत नेपाल भित्रिने गरेको छ ।

यस्तै दोस्रो धेरै रेमिट्यान्स प्राप्त हुने क्षेत्र पनि एशियाकै छ । दोस्रो ठूलो विप्रेषण स्रोतक्षेत्र एशिया–प्यासिफिक हो । जापान, दक्षिण कोरिया, मलेसियामा धेरै नेपालीहरु रहेको कारण एशिया–प्यासिफिक क्षेत्रबाट दोस्रो धेरै रेमिट्यान्स प्राप्त हुने गरेको हो ।जसको हिस्सा २४.६३ प्रतिशत छ ।

यस्तै उत्तर अमेरिकी क्षेत्रबाट १३.२५ प्रतिशत रेमिट्यान्स प्राप्त हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ । अमेरिका, क्यानडा लगायतका मुलुकहरु उत्तर अमेरीकी क्षेत्रमा पर्छन् ।

पछिल्लो समय नेपाली युवाहरु बैदेशीक अध्यनको लागि वर्षको १ खर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा खर्च गरी युरोप र अष्ट्रेलिया लगायका मुलुकहरुमे उच्च संख्यामा गइरहेका छन् । तर, ति मुलुकबाट आउने रेमिट्यान्सको हिस्सा भने न्यून छ ।

निश्चित समय अध्ययनसँगै काम गर्ने र त्यसपछि रोजगारी भिसा लागेपछि राम्रो आम्दानी हुने भए पनि युरोप, अष्ट्रेलियन लगायतका धनि मुलुकबाट प्राप्त हुने रेमिट्यान्सको हिस्सा भने न्यून छ । मध्यपूर्व र एशिया– प्यासिफिकबाट नै २ तिहाइभन्दा धेरै रेमिट्यान्स आउँदा उत्तर अमेरिकी र अन्य क्षेत्रबाट आउने रेमिट्यान्स भने ३५ प्रतिशत पनि छैन । मध्यपूर्व, एशिया–प्यासिफिक र उत्तर अमेरिकी क्षेत्र बाहेकका अन्य क्षेत्रबाट २०.२४ प्रतिशत विप्रेषण आउँने राष्ट्र बैंकले जनाएको छ ।

हाल मध्यपूर्व, उत्तर अमेरिका, र एशिया–प्यासिफिकबाट आउने विप्रेषणको बजार हिस्सा केही घट्दै भने गएको केन्द्रिय बैंकले जनाएको छ । जबकि अन्य देशहरूबाट आउने विप्रेषणको हिस्सा भने बढ्दै गएको छ ।

Skip This