ट्रम्प-पुटिन फोन वार्ताअघि ग्यासको मूल्य घट्यो, शान्ति सम्झौता हुन लागेकोमा व्यवसायी चिन्तित !

3.2k
Shares

एजेन्सी । नेदरल्याण्ड्स र ब्रिटिस थोक ग्यासको मूल्य केही घटेको छ । रूस र युक्रेनबीच शान्ति सम्झौता सम्बन्धी समाचारको प्रतिक्षामा ग्यासको थोक मूल्य घटेको अलजजिराले जनाएको छ ।

आज साँझ हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने फोन वार्ताको परिणाममा धेरैले ध्यान केन्द्रित गरिरहेका छन् । यसले युक्रेनमा युद्धविरामको सम्भावना ल्याउन सक्ने एनर्जी डेनमार्कका विश्लेषकहरूले बताएका छन्।

‘त्यस बेलासम्म बजार अनिश्चिततामा फसेको छ,’ उनीहरूले थपे ।

ग्यास बजारमा लगानी गरेका व्यापारीहरू रूस र युक्रेनबीच शान्ति सम्झौता हुने कुराले चिन्तित छन् ।

रूसबाट युरोपतर्फ पाइपलाइन ग्यास आपूर्ति पुनः सुरु हुन सक्ने भएकाले उनीहरुमा चिन्ता थपिएको विश्लेषकहरूको भनाइ छ ।

यसैबीच, मध्यपूर्वमा पुनः बढेको तनावले बजार मूल्य बढ्न सक्ने विश्लेषण भएको छ । इजरायलले गाजामा गरेको हवाई आक्रमणले बजारमा मूल्य वृद्धिको सम्भावना बढाउन सक्ने विश्लेषक युरी ओनिश्किभले बताए ।

Skip This