भारतीयलाई लक्षित गर्दै प्रभु बैंकले मुक्तिनाथमा सुरु गर्यो भीम युपीआई

812
Shares

काठमाडौं। प्रभु बैंकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्द्रिर परिसमा भीम युपीआई सेवा सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाको औपचारीक शुभारम्ब गरेका हुन् ।

यससँगै डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकको दाबी छ । यससँगै मुक्तिनाको भ्रमाणमा आउने भारतिय पर्यटकले आफ्‌नो बैंकखाताबाटै भीम युपीआई स्क्यान गरी मन्दिरमा भेटी, दान, दक्षिणा र अन्य भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतिय भक्तजनलाई डिजिटल माध्यमबाट सहज भुक्तान्ी सुविधा प्रदान गर्ने दाबी बैंकले गरेको छ ।

यसले नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको बैंकले जनाएको छ । उक्त सेवा नेपाल भारत क्रसबोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने प्रयास भएको बैंकले उल्लेख गरेको छ ।

उक्त सेवा सुरुवात गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने बताए । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवद्र्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए । डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने बताए ।