समृद्धि फाइनान्सको सिईओबाट लोहनी बाहिरिए, वैशाखबाट लागु हुनेगरी घिमिरे नियुक्त

609
Shares

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । २८ फागुनमा बसेको सञ्चालक समिति बैठकले १ वैशाख २०८२ देखि लागु हुनेगरी आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाका हालका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीले व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गर्दै नयाँ प्रमुख कार्यकारी अधिकृतमा घिमिरेलाई नियुक्त गरेको हो ।

लोहनीको राजिनामा २९ फागुनदेखि लागु हुनेगरी स्वीकृत गरेको हो । यस्तै नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नसम्हाल्दा सम्मको लागि नायब महाप्रबन्धक विनोद राज पौडेललाई फाइनान्सले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

गोर्खाज फाइनान्सका पुर्व प्रमुख कार्यकारी अधिकृत घिमिरेले राष्ट्र बैंकले तोकेको ६ महिनाको कुलिङ पिरियड सकिएपछि समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन् । उनि असोज अन्तिम साता गोर्खाज फाइनान्सबाट बाहिरिएका थिए ।

नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास भएकापछि घिमिरे गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।