केबलकार विवादः सरकारले आन्दोलनरत टोलीलाई पुनः वार्तामा बोलायो

301
Shares

काठमाडौं । सरकारले पाथीभरा केबलकार विरोधी पक्षलाई पुनः वार्तामा बोलाएको छ । सरकारले २ पल्ट वार्ताका लागि आह्वान गर्दा पनि विरोधी टोली वार्तामा नआएपछि उनीहरूलाई पुनः बोलाइएको हो ।

यसअघि गृह मन्त्रालयले फागुन ९ र १२ गते पनि उनीहरूलाई वार्तामा बोलाइएको थियो । त्यतिबेला पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थगित गर्दै वार्ताका लागि आह्वान गरिएको थियो ।

सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाइ वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा पुस २० गते वार्ता टोली गठन गरेको थियो ।