सेयर बजारमा दोहोरो अंकको सुधार, सवा ८ अर्बको कारोबार

105
Shares


काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.२८ अंकले बढेर परिसूूचक २७३६.४८ बिन्दु कायम भएको छ ।

३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
कारोबारमा १४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।