
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।
अदालतको अवहेलना सम्बन्धी रिटको पेसी सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालत पाटनमा रिट दिएको थियो । उक्त रिटमा सुनुवाइका क्रममा नरोक्न अन्तरिम आदेश जारी भएको थियो ।
अदालतको आदेशपछि शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए । जसविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते शाहविरुद्ध अदालतको अवहेलनाको रिट लिएर अदालत पुगेकी थिइन् ।
प्रतिक्रिया