नेप्से ३२ अंकले घटेर २७१९ अंकमा झर्यो, कारोबार रकम ८ अर्ब ३९ करोड

84
Shares

काठमाडौं । नेप्से ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ । सेयर बजारको मापक सूचक नेप्से मंगलबार १.१७ प्रतिशतले घटेको हो ।

बजार घटेको भएपनि १ करोड ५५ लाख कित्ता किचबेचबाट ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबारको सेयर कारोबारमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने कारोबार भएन् ।

मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कमाउने कम्पनीमा महालक्ष्मी विकास बैंक छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यो दिन नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्था ६.६९ प्रतिशतले घटेको छ । बजार घटेको दिन विकास बैंक उपसमूहको मात्रै सूचक १.९३ प्रतिशतले सकारात्मक रहेको छ भने बाँकी सबैको सूचक घटेको छ ।

Skip This