
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ ।
यस्तै ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारी, ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया