
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
बजार मापन गर्ने सूचक ४३.३३ अंकले घटेको बजार परिसूचक २७७२.१० बिन्दु कायम भएको छ । बजारमा सुरुदेखि गिरावट आउँदा परिसूचक २७ सय बिन्दुमा झरेको छ ।
यो दिन ३१५ कम्पनीको २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँको सेयर कारोबार भएको हो । कारोबारमा २४ कम्पनीको मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा गार्डियन फाइक्रो लाइफ, आईसीएफसीको ऋणपत्र, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उपकार लघुवित्त, सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।
प्रतिक्रिया