प्रि-बजेट छलफल वैशाख १५ भित्रै सक्नुपर्ने, संसदले स्वीकृत गर्‍यो अध्यादेश

126
Shares

काठमाडौं । प्रि–बजेट छलफल वैशाख १५ भित्रै सक्नुपर्ने गरी सरकारले नयाँ कानूनी व्यवस्था गर्ने गरी प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत गराएको छ ।

अब यो अध्यादेशलाई राष्ट्रपतिले लालमोहर लगाएपछि कानूनको रुपमा आउने र कार्यान्यवनमा जाने छ । बुधबार प्रतिनिसभाबाट स्वीकृत भएको यो अध्यादेश अनुसार सरकारले वर्षेनी १५ जेठमा ल्याउने गरेको बजेटको एक महिना अगाडि अर्थात वैशाख १५ भित्रै प्रि–बजेट छलफल सक्नुपर्ने भएको छ ।

सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गरेर बहुमतले स्वीकृत गराएको छ । संसदमा अल्पमतमा रहेका विपक्षि दलहरुको विरोधका वावजुत पनि सरकारले बहुमतको निर्णयबाट अध्यायदेशलाई स्वीकृत गराएको हो ।

यो अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्नेसहतिको प्रावधान राखिएको छ । यस्तो प्रावधान अनुसार अब नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउनको लागि अन्तिम समयमा हुने प्रि बजेटको झन्झट अन्त्य हुने भएको छ ।

यसअघिको सरकारले बजेट आउनुभन्दा तीन महिना अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने प्रावधान सहितको अध्यादेश ल्याएको भएपनि त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो।