केपी ओली कपमा दर्शकमाथि कुटपिट भएको भन्दै ज्ञानेन्द्र शाहीले गरे संसदमा प्रश्न

231
Shares

काठमाडौं । दशरथ रंगशालामा दर्शकमाथि भएको हिंसाको घटनाबारे संसदमा प्रश्न उठाइएको छ ।

बुधबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा दर्शक कुटिएको घटनाको चर्चा गर्दै दोषीहरूमाथि कारबाहीको माग गरे ।

सांसद शाहीले फागुन १९ गते प्रधानमन्त्रीको नाममा आयोजित खेलकुद कार्यक्रमको सन्दर्भ उठाउँदै लोकतन्त्र र प्रजातन्त्रको मर्मबारे प्रश्न गरे । ‘दर्शकदीर्घामा बसेका नागरिकले बोलेको आधारमा प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी व्यक्तिहरूले उनीहरूलाई कुट्ने ? प्रहरी पीडितलाई जोगाउने सट्टा कुटपिटमा सघाउने ? वाह–वाह गृहमन्त्रीज्यू, वाह–वाह प्रधानमन्त्रीज्यू ! यही हो तपाईंहरूको लोकतन्त्र? यही हो तपाईंहरूको प्रजातन्त्र?’ शाहीको आक्रोश थियो ।

उनले घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै सरकारको जवाफ मागे ।