रोकिएन सेयर बजारको गिरावट, करिब ११ अर्बको कारोबार

140
Shares

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम रोकिएको छैन । लगातार ९ कारोबार दिन बढेको बजारमा करेक्सन देखिन थालेको छ ।

यो दिन बजार मापन गर्ने सूचक २५.१६ अंकले बढेर परिसूचक २८२१.१३ बिन्दु कायम भएको छ । ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा ट्रेडिङ बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ ।