कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

483
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । बुधबारको बैठकमा विपक्षी दलहरूले उठाएको मागलाई सम्बोधन गर्दै उनले संसद बैठकबाट रुलिङ गरेका हुन् ।

सभामुख घिमिरेले भने, ‘आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरू तथा अन्य माननीय सदस्यहरूले शून्य, विशेष समय र आकस्मिक समयमा उठाउनुभएको विषयप्रति सरकारको ध्यानाकर्षण गराउँछु । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५(२) अनुसार सम्बन्धित मन्त्रीहरूले संसदलाई जानकारी गराउने व्यवस्था गर्न निर्देशन दिन् छु।’

संसदको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले कुलमान घिसिङमाथिको कारबाहीबारे सरकारको स्पष्ट जवाफ माग्दै सभामुखलाई रुलिङ गर्न आग्रह गरेका थिए ।