
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलर बन्न लागेको हो भन्दै प्रश्न गरेका छन् ।
सांसद खनालले दुई जना पत्रकारको संसद छिर्ने पास निलम्बन गरिएको विषयमा आपत्ति जनाउँदै भने, ‘के तपाईं हिटलर बन्दै हो ?’ भन्ने प्रश्न मात्र गरेको आधारमा पत्रकारलाई निलम्बन गर्नु लोकतान्त्रिक व्यवस्थाका लागि खतराजनक संकेत भएको उनले बताए ।
खनालले संसदलाई सत्ताको छायाँ बनेको आरोप लगाउँदै सन् १९३० को जर्मनीको इतिहास अध्ययन गर्न सुझाव दिए । उनले भने, ‘हिटलर चुनावमार्फत नै सत्तामा पुगेका थिए, तर सरकारमा गएपछि लोकतान्त्रिक अधिकार कटौती गर्दै निरंकुश शासन लागू गरे।’
उनले हालैको सरकारले पनि त्यस्तै अभ्यास गरिरहेको दाबी गरे । ‘खुला मञ्चमा प्रधानमन्त्रीको विरोध गर्दा कसैलाई कुटिन्छ, कसैलाई जेल हालिन्छ । अब मेरो प्रश्न छ— प्रधानमन्त्रीज्यू, के तपाईं हिटलर बन्दै हो ?’








प्रतिक्रिया