सेमिफाइनलबाट बाहिरिएपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

259
Shares

काठमाडौं । च्याम्पियन्स ट्रफीको सेमिफाइनलबाट बाहिरिएपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

अष्ट्रेलिया मंगलबार भएको च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेलमा भातरसँग ४ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । क्रिकेट अस्ट्रेलियाले बुधबार स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएको सार्वजनिक गरेको छ ।

टेस्ट क्रिकेटमा भने उनको यात्रा जारी हुनेछ । स्मिथले एकदिवसीयको १५४ पारीमा १२ शतक र ३५ अर्धशतक सहित ५ हजार ८०० रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १६४ रहेको छ ।