
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
कर्जाको माग अपेक्षित रुपमा बढ्न नसकेपछि आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रिय बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । बुधबार केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । गत १८ फागुनमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा १ अर्ब ७० करोड रुपैयाँ बैंकहरुले लगानी गरेका थिए ।
पछिल्लो ३ वटा निक्षेप संकलन बोलकबोलमा ३ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । पछिल्लो केही समय यता बैंकिङ प्रणालीको औसत अन्तरबैंक ब्याजदर निरन्तर ३ प्रतिशत कायम हुँदै आएको छ ।








प्रतिक्रिया