
काठमाडौं । सेयर बजारमा आज पनि पहिरो गएको छ । बजार मापन गर्ने सूचक ३०.३६ अंकले घटेर परिसूचक २८४६.३० बिन्दु कायम भएको छ ।
३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार राताम्मे बन्दा सबै समूहको उपसूचक घटेको छ । कारोबारमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ ।
कारोबारमा गार्डियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया