दुई महिनामा १ लाख ७६ हजार पर्यटक भित्रिए, कहाँबाट कति ?

84
Shares

काठमाडौं । सन् २०२५ को पहिलो दुई महिनामा १ लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनावरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार ८ सय पर्यटक नेपाल भित्रिएका छन् ।

यो वर्ष नेपाल भित्रिएका पर्यटकमा जनावरीमा ७९ हजार ९९१ छन् भने फेब्रुअरीमा ९६ हजार ८८० रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत वर्ष सन् २०२४ को तुलनामा यो वर्ष सन् २०२५ मा पर्यटक आगमन जम्मा ३४५ जनाले मात्रै बढेको देखिएको छ ।

गत वर्ष जनावरीमा ७९ हजार १०० पर्यटक आएका थिए भने फेब्रुअरीमा ९७ हजार ४२६ आएको तथ्यांकले देखाएको छ । गत वर्ष पहिलो दुई महिनामा आएका पर्यटक १ लाख ७ ६ हजार ५२६ थिए ।

नेपालमा सबै भन्दा बढी आउने सार्क मुलुकको आगमन भने यो वर्ष घटेको छ । यो वर्ष सार्कबाट ३० हजार पर्यटक आएका छन् । यस्तो आगमन गत वर्ष ३५ हजार थियो ।

सार्क मुलुकबाट आउने पर्यटक घटेको भएपनि तुलनात्मक रुपमा अन्य मुलुकबाट आउनेको बृद्धिदरले यो वर्ष फेब्रुअरीमा गत वर्षको भन्दा झिनो अंकले पर्यटक आगमन बढेको देखिएको छ ।

कहाँबाट कति ?