
काठमाडौं । दुईपटक अर्थसचिव बनेका मधु मरासिनीले अवकास पाएका छन् ।
निजामति सेवामा ३७ वर्षको योगदान दिएका मरासिनी आइतबारबाट अवकासमा गएका हुन् । अवकास पाउनुअघि उनी राष्ट्रिय योजना आयोगमा थिए । साढे चार वर्ष सचिव भएका उनले करिब साढे ९ वर्ष सहसचिव भएर काम गरे ।
२०७७ साउन १२ गते सचिव भएका मरासिनीले आफ्नो ऊर्जाशील समयको महत्वपूर्ण हिस्सा अर्थ मन्त्रालयमा बिताएका थिए ।
२०४३ भदौमा खरिदारबाट निजामति सेवामा प्रवेश गरेका मरासिनी खुला प्रतिस्पर्धा गर्दै सुब्बा भए । त्यसपछि उनले २०४९ असारमा अधिकृत पदमा नाम निकालेका थिए ।
मरासिनी अधिकृत बनेको ५ वर्षमै उपसचिव भएका थिए । १३ वर्ष उपसचिवमा सेवा गरेका उनी २०६७ चैत १ देखि भने सहसचिवमा बढुवा भएका थिए ।
प्रतिक्रिया