
काठमाडौं । सरकारले दूध किसानलाई ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
दूध खरिद गरेवापत भुक्तानी गर्न बाँकी रहेको रकममध्ये उक्त रकम भुक्तान गरिएको सरकारको प्रवक्ता सस्मित पोखरेलले बताए ।
सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी २०८३ वैशाख १७ सम्म ६७ करोड रुपैयाँ रहेकोमा करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताए ।






प्रतिक्रिया