दुई सातापछि तुम्लिङटार विमानस्थल खुल्यो, बुध्द एयरले नियमित उडान गर्ने

189
Shares

काठमाडौं । खराव मौसमका कारण दुई साताभन्दा लामो समयदेखि उडान हुन नसकेको संखुवासभाको तुम्लिङटार विमानस्थल मंगलबार खुला भएको छ ।

विमानस्थल खुलेसँगै बुध्द एयरले दुई सातापछि उडान गर्ने भएको छ । यो विमानस्थलमा बुध्द एयरले एटीआर नामक ७२ सिट क्षमताको जहाजबाट उडान गर्छ ।

कम भिजिविलिटीका कारण उडान प्रभावित हुँदा यो विमानस्थल जाने यात्रुले सास्ती पाउँदै आएका थिए । काठमाडौंबाट सीधा तुम्लिङटार उडान हुन नसकेपछि यात्रु विराटनरबाट गाडीमा जाने गरेका छन् ।

मौसम खुलेको अवस्थामा भने बुध्दले यो विमानस्थलमा दैनिक एउटा उडान गर्दै आएको छ ।

तुम्लिङटार विमानस्थल मकालु बरुण राष्ट्रिय निकुञ्ज जाने पर्यटकीय प्रमुख गेटवे पनि हो । यो विमानस्थलमा काठमाडौंबाट बुध्द एयरको मात्रै उडान हुन्छ ।