पूर्वराजालाई वामदेवको सुझाव: पार्टी खोल्नुस्, ०८४ को चुनावमा जितेर प्रधानमन्त्री बन्नुस्

259
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने आकांक्षा त्याग्न र देशको नेतृत्व गर्न निर्वाचनमार्फत प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले देशको विकास, उन्नति, र प्रगतिमा असन्तुष्टि जनाउँदै मात्र राजसंस्था फर्काउन खोज्नु उचित नहुने बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्रलाई लोकतान्त्रिक बाटो अवलम्बन गरेर राजनीतिक दल गठन गरी २०८४ को निर्वाचनमा भाग लिन आग्रहसमेत गरे ।

‘तपाईंले पुनः राजा बन्ने इच्छा त्याग्नुस् । आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक दल गठन गरी निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ को निर्वाचनमा भाग लिएर निर्वाचित भइ संसद्बाट प्रधानमन्त्री बन्नुस् । त्यसपछि नेपाललाई चौतर्फी विकास र समृद्धिको मार्गमा अघि बढाइदिनुस्,’ वामदेवले भने ।