बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर ल्याउँदै अपर हेवाखोला हाइड्रो

119
Shares


काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

फागुन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन लागि पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष चिफबहादुर थापाले मातृभूमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बिकास गरेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने जनाए ।

उनले अपर हेवाखोला साना जलविद्युत आयोजना ९८.५ मेगावाटको निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउन कम्पनीको चुक्ता पुँजी ५० करोडको १स्१ अनुपातको हकप्रद सेयर निश्कासन गर्न चाहेको बताए ।

१५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव कम्पनीको तेह्रौं वार्षिक साधारण सभाबाट पारित भएको छ ।

अपर हेवाखोला साना जलविद्युत आयोजना ९८.५ मेगावाटको निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउनु उपयुक्त हुने देखिएकोले त्यसका लागि आवश्यक रकम व्यवस्थापन गर्न लागेको जनाएको छ ।