डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्न राष्ट्र बैंकको आह्वान

28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्न आह्वान गरेको छ । डेनमार्कको केन्द्रीय बैंकले २०२५ मे ३१ देखि कानूनी ग्राह्यता खारेज गरेको उक्त बैंकनोट आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्तभित्र आह्वान गरेको हो ।

राष्ट्र बैंकले मंगलबार एक सुचना प्रकाशित गर्दै राष्ट्र बैंकको बैंकिङ विभाग वा प्रदेश कार्यालय, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जर गएर साट्न राष्ट्र बैंकले अनुरोध गरेको हो ।
बैंक तथा वित्तीय संस्था र विदेशी मुद्राको कारोबार गर्न इजाजत पाएको संस्थाहरुले भने ७ चैतभित्र राष्ट्र बैंकको बैंकिङ विभाग वा प्रदेश कार्यालयमा गएर उक्त मुद्रा साट्न सक्ने सुचनमा उल्लेख छ ।


तोकिएको मितिपछि उक्त नोटहरु साट्न केन्द्रिय बैंक बाध्य नहुने समेत सुचनमा उल्लेख गरेको छ । राष्ट्र बैंकको उक्त सुचना बैंक तथा वित्तीय संस्था र इजाजतप्रापत अन्य निकायले आफ्‌नो वेबसाइटमा समेत राख्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।