![](https://clickmandu.com/wp-content/uploads/2025/02/Image_Trust-Micro-Insurance-768x432.jpeg)
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको रुपमा २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया