
काठमाडौंं । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न समर्थन गरेको भन्दै किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी माबोलाई मोसो दलेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता समेत रहेका माबोलाई सार्वजनिक स्थलमा ‘नो केबलकार समूह’ ले मोसो दलेका छन् ।
धरान-९ स्थित पुतली लाइनमा याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई मोसो दलेका हुन् ।
फागुन १ गतेदेखि धरानमा याक्थुङ चुम्लुङको महाधिवेशन भएको थियो । त्यसका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा मोसो दलिएको हो ।
माबोले केवलकारको विरोध गर्ने समूहलाई सामाजिक सञ्जालमा विभिन्न लान्छना लगाएर स्टाटस लेखेको भन्दै मोसो दलेको जनाएका छन् ।
प्रतिक्रिया