
काठमाडौं । सर्वोत्तम सिमेन्टले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट प्रालिले किनेको छ ।
सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङसले दुईवटा सिमेन्ट कम्पनीको सेयर खरिद गरेको हो ।
सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले सहायक कम्पनीमार्फत शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको प्रतिसेयर १०० रुपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रति सेयर १५ रुपैयाँका दरले खरिद गरिएको बताएका छन् ।
जगदम्बा सिमेन्ट प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स खरिदको क्रममा दुबै कम्पनीको स्वतन्त्र लेखा परिक्षकबाट (डिडिए) प्रतिवेदन तयार गरी प्रतिवेदन बमोजिम दुवै उद्योग गरेको जानकारी गराए ।
हाल सञ्चालनमा रहेका दुबै उद्योग खरिद गर्दा करिब २२ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटर्वकको कम्पनीलाई साथ प्राप्त हुने बताए ।
नयाँ उद्योग स्थापना गर्दा, हालको लगानीको ३ गुणा ठूलो पुँजीको आवश्यकताका साथै उद्योग स्थापना पश्चात उत्पादनका लागि आवश्यक बजार पर्वद्धन हुने बताए । दुई कम्पनीहरु खरिद गर्दा कम्पनीको हित हुने बताए ।
यो सँगै जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिएको छ । १ अर्ब रुपैयाँ पुँजी रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो ।
जगदम्बामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, शाहिल अग्रवाल र शंकरका भाञ्जाको सेयर थियो भने सौरभ ग्रुपका विष्णु न्यौपाने, हरि न्यौपाने र शशी न्यौपानेको स्वामित्व छ ।
अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा सिमेन्टको माग नहुँदा जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रालिको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४६ प्रतिशतले घटेको थियो ।
जगदम्बाले दैनिक १ हजार टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । जगदम्बा सिमेन्ट सन् २००१ मा स्थापना भएको थियो। ‘मेरो देश मेरो जगदम्बा’को नाराका साथ जगदम्बाले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
गत आवमा कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको ५ अर्ब ३८ करोडबाट करिब १८ प्रतिशतले बृद्धि भई ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
चालु आवको मंसिर मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा किलिङ्करको बिक्री ५३ प्रतिशतले र सिमेन्ट बिक्री १४ प्रतिशतले वृद्धि भई २ अर्ब २८ करोड बाट २४ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड पुगेको छ । जसले कम्पनीको व्यवसायिक कार्यक्षमता, प्रतिवद्धता र रणनीतिक योजनाहरु प्रभावकारी रहेको कमपनीले जनाएको छ ।
प्रतिक्रिया