आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

322
Shares

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुन चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार २ हजार ३ सय रूपैयाँ बढेको सुन शुक्रबार तोलामा ४ सय रूपैयाँ बढेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।