![](https://clickmandu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । नेपाली बजारमा बिहीबार(आज) सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया