![](https://clickmandu.com/wp-content/uploads/2025/02/prthibi-subba-768x432.jpg)
काठमाडौं । सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।
२०८१ माघ २८ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यँहा कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
यस्ता छन् बैठकका अन्य निर्णयहरु
१.एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्डका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख रुपैयाँ ) अनुदान सहायता स्वीकार गर्ने
२.६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने
३.२०८१ माघ २९ गतेदेखि फागुन २ गतेसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने
४.२०८१ माघ २९ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल– भारत विद्युत व्यापार सम्झौताअन्तर्गतको संयुक्त सञ्चालक समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति दिने,
५.सजाय माफी मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ खारेज गर्ने,
६.नेपाल र युक्रेनबीच कुटनीतिक, अफिसियल र सर्भिस राहदानीबाहकलाई भिमा छुट दिनेसम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने,
७.परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारको थर्ड एनुअल इनर्जी विकबीच हस्ताक्षर हुने कुटनीतिक अध्ययन र तालिममा सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने,
८.नेपाल सरकारको नाममा दर्ता रहेको सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ८ को ५३ रोपनी जग्गा मैनतडा सवस्टेशन निर्माणको लागि राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने,
९.दैलेख जिल्लाको आठविस नगरपालिकाको स्वामित्वमा रहेको १५ शय्या क्षमताको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत व्यवस्थापन र सजालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने,
१०.बिमा नियमावली, २०८१ स्वीकृत गर्ने,
११.नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्गित विशिष्ट श्रेणीको रिक्त पदमा लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई बढुवा गर्ने,
१२.राजपवाड्डित विशिष्ट श्रेणीका देहायका अधिकृतहरूको देहायबमोजिम सरुवा गर्ने, सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा,अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गर्ने, १३.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयः राज पत्राङ्कितप प्रथम श्रेणी (सहसचिव) १७ जनाको सरुवा गर्ने ।
प्रतिक्रिया