युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा ४७.१६ प्रतिशतले घट्यो


काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख ८३ हजार रुपैयाँमा रहेको छ ।

कम्पनीले गत आवको सोही अवधिमा १३ करोड १८ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २७.६७ प्रतिशतले घटेर १३ करोड २१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै कमिसनबाट हुने आम्दानी १०.७२ प्रतिशतले घटेर ११ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको छ। जसले गर्दा कम्पनीको नाफा घटेको छ ।

कम्पनीको खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले घटेर ४४ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १६ करोड ३७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६ पैसा रहेको छ ।