घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको मूल्य


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार लगातार बढिरहेको अमेरिकी डलर बुधबार घटेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा पुगेको छ। मंगलबार भने अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम भएको थियो ।

युरो एकको खरिद दर १४३ रुपियाँ २ पैसा र बिक्री दर १४३ रुपियाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपियाँ४० पैसा र बिक्री दर १७२ रुपियाँ १४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ २ पैसा र बिक्री दर ३८ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।