
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा मापन गर्ने सूचक ६.५४ अंकले बढेर परिसूचक २६८३.८६ बिन्दु कायम भएको छ ।
२९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको घटेको छ ।
कारोबारमा विकास बैंक, जलविद्युत कम्पनी, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भुगोल इनर्जी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया