नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालकको भत्ता करिब १ करोड


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा सञ्चालक समितिलाई बैठक भत्ता बापत ९१ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले सञ्चालकहरुलाई बैठक भत्ता ७९ लाख ९ हजाार रुपैयाँ र टेलिफोन, मोवाईल र पत्रपत्रिका खर्च लगायत अन्य सुविधा वापत १२ लाख ६० हजार सहित ९१ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक बापत २२ हजार र सञ्चालकलाई २१ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गोविन्द लाल संघई रहेका छन् भने सञ्चालकहरुमा कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल, शक्ति कुमार गोल्याण, विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र पारुल ढकाल रहेका छन् । विवेक अग्रवालले कम्पनीबाट २०८१ कात्तिकमा राजीनामा दिएका छन् ।