नेपाल लाइफ इन्स्योरेन्सका सीईओको तलब भत्ता २ करोड बढी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड २० लाख ९५ हजार ५१६ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

कम्पनीले सीईओलाई तलब तथा भत्ता बापत १ करोड ४३ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै कर्मचारी बोनस बापत ६७ लाख ५६ हजार ४३४ रुपैयाँ, अन्य सुुविधा बापत १० लाख २९ हजार ८२ रुपैयाँ भुक्तानी गरेको इन्स्योरेन्सले जनाएको छ ।

गत आवमा कम्पनीले सीईओलाई १ करोड ४२ लाख ७५ हजार ६२३ रुपैयाँ भुक्तानी गरेको थियो । सीईओले पाएको तलब बापत राज्यले ३९ प्रतिशतसम्म कर पाउने गर्छ । कम्पनीको सीईओमा प्रविण रमण पराजुली रहेका छन् ।