भिजिबिलिटी कम हुँदा उडानमा ढिलाइ, एयरपोर्टमा यात्रुको भिड



काठमाडौं । काठमाडौंबाट बाहिरिने उडान मौसम नखुलेको कारण हुन सकेको छैन । हुस्सुका कारण जहाज उडान गर्न पुग्ने भिजिबिलिटी नहुँदा काठमाडौंबाट हुने माउन्टेन सहित सबै विमानस्थलको  उडान हुन सकेको छैन ।

बिहान ७ बजेदेखी बायुसेवा कम्पनीले उडान राखेको भए पनि कम भिजिबिलिटिका कारण उडान हुन सकेको छैन ।

त्रिभुवन विमानस्थलका अनुसार कम्तीमा १६ सय मिटर भिजिबिलिटी चाहिने भएपनि बिहान ८ सम्म १ हजार मिटरको मात्रै भिजिबिलिटी छ । विमानस्थलका अनुसार उडान खुल्न केही समय लाग्ने छ ।