
काठमाडौंं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख ६४ हजार रुपैयाँको ३ हजार ७२० वटा दाबी परेको छ ।
बाढी पहिरोका कारण परेको माग दाबीमा २ अर्ब ५० करोड २० लाख ३४ हजार रुपैयाँको दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार माघ २३ गतेसम्म १ हजार ५३० वटा माग दाबीको ९ अर्ब ८७ करोड ९९ लाख ४२ हजार रुपैयाँ १४ वटा निर्जीबन बिमा र चार वटा माइक्रो इन्स्योरेन्सबाट भुक्तानी हुन बाँकी छ ।
प्राधिकरणका अनुसार बिमालेख अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको थियो । सम्पत्ति बिमामा ९ अर्ब २० करोड ८४ लाख रुपैयाँ माग गर्दै १ हजार ७९२ वटामा दाबी परेको थियो । जसमा ८१८ वटा मागको ७ अर्ब ३ करोड ३४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
इन्जिनियरिङ तथा ठेकेदार बिमालेखमा २ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ माग गर्दैै ३२४ वटा दाबी परेको थियो । जसमा २११ वटा मागको २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । मोटर बिमा (निजी) बिमालेखमा ४२ करोड ४१ लाख रुपैयाँको ९५८ वटा दाबी परेको छ । जसमा ३२१ वटा दाबीको २० करोड ४२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
मोटर बिमा (सार्बजनिक) बिमालेखमा ३१ करोड ३१ लाख रुपैयाँको ३९६ वटा दाबी परेको छ । जसमा १३८ वटा दाबीको ८ करोड ७८ लाख रुपैयाँ भुृक्तानी हुन बाँकी छ । सामुन्द्रिक बिमालेखमा ४ करोड १२ लाख रुपैयाँको २४ वटा माग दाबी भएको छ । जसमा ८ वटा दाबीको २ करोड १ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यस्तै पशुुपन्छी बिमालेखमा ३ करोड ९३ लाख रुपैयाँको ६८ वटा माग दाबी परेको छ । जसमा १८ वटा माग दाबीको २ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छैन । कृषि बालि बिमालेखमा १ करोड रुपैयाँको १३७ वटा दाबी परेको छ । जसमा १२ वटा बिमालेखको ९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यस्तै विविध बिमा लेखमा ९१ लाख रुपैयाँको २१ वटा माग दाबी भएको थियो । जसमा ४ वटा बिमालेखको ४२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रतिक्रिया