
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ११.४९ अंकले घटेर परिसूचक २६८८.३१ बिन्दु कायम भएको छ ।
कारोबार सुरु भएको आधा घण्टामा २७२५.८८ बिन्दुसम्म पुुगेको बजारमा त्यसपछि सुरु भएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा वित्त, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।
यो दिन सेन्ट्रल फाइनान्स र गाड्रियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया