काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड ९३ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
यस्तै लगानी तथा कर्जाबाट हुने आम्दानी २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड ७३ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद आय ३३ अर्ब ३९ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीको जीवन बिमा कोषमा २ खर्ब १८ अर्ब ४१ करोड ७६ लाख २१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्रतिक्रिया