![](https://clickmandu.com/wp-content/uploads/2025/02/mantri-anugaman-768x432.jpg)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन।
वर्षायाममा यातायात अवरुद्ध हुन नदीने गरि काम शुरू गर्न उनको निर्देशन थियो।
शनिवार सो राजमार्गको निरीक्षण गरि उनले उक्त कार्यका लागी श्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए ।
यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग जोड़ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघी बढ़ाउन सड़क विभागलार्इ उनले निर्देशन दिएका थिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले उपलब्ध जनशक्ति र उपकरण समेत परिचालन गरी काम सुरु गर्न निर्देशन दिए ।
सड़क विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुननिर्माणको काम थालिने बताए । संघीय सड़क सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मर्मतको काम भई रहेको बताए ।
मन्त्री दाहालसहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तिव्रता दिन निर्देशन दिएको छ । त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताए ।
प्रतिक्रिया