काठमाडौं । विदेशीलाई पर्वतारोहण शुल्क ३६ प्रतिशतले बढ्दा नेपालीलाई शतप्रतिशतले बढेको छ ।
सरकारले माघ २१ मा राजपत्रमा सूचना प्रकाशित गरेर पर्वतारोहण सम्बन्धी नियमावली २०५९ लाई छैठौं पटक संशोधन गरेर पर्वतारोहणको शुल्क वृद्धि गरेको हो ।
यस्तो शुल्क विदेशीको तुलनमा सबैभन्दा बढी चाम भएको र आरोहणमा जाने सगरमाथामा मात्रै नेपालीलाई शतप्रतिशत बढेको हो । अन्य हिमालमा सिजनअनुसारको चर्को रुपमा शुल्क बढेको छ ।
सरकारले वृद्धि गरेको पर्वतारोहणको शुल्क अनुसार विदेशी नागरिकलाई सगरमाथा आरोहण गर्दा ४ हजार डलर बढी तिर्नुपर्ने भएको छ ।
विदेशी नागरिकले सगरमाथा चढ्दा हाल ११ हजार डलर बसन्त ऋतुको लागि तिर्दै आएकोमा अब भने १५ हजार डलर तिर्नुपर्ने भएको छ । यो शुल्क हाल लागू भएको शुल्कको तुलनामा ३६.३६ प्रतिशतले बढी हो ।
यस्तो शुल्क सगरमाथा बाहेकका अरु सबै हिमालको लागि पनि बढेको छ । सगरमाथाको दक्षिणपूर्व धारबाट चढ्न सहज भएकोले यही रुटको लागि सरकारले सबैभन्दा बढी शुल्क लिने गरेको छ । सगरमाथाको अन्य रुट (दक्षिण पूर्वी धारबाहक)बाट आरोहण गर्दा लाग्ने शुल्क भने यथावत १० हजार नै छ ।
सर्वोच्च शिखर सगरमाथा चढ्न लाग्ने शुल्क विदेशी नागरिकसहित नेपाली नागरिककका लागि पनि बढेको छ । नेपाली नागरिकले सगरमाथा आरोहण गर्दा १ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । यो शुल्क बसन्त ऋणको लागि हो ।
नेपाली नागरिकले वसन्त ऋतुमा सगरमाथामा आरोहण गर्दा तिर्नुपर्ने शुल्क शत् प्रतिशतले बढेको हो । हाल प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तिरे पुग्ने यस्तो शुल्क अब भने शत् प्रतिशतले सबै सिजनको लागि शत् प्रतिशतल बढेको छ । अन्य हिमाल आरोहणको पनि शुल्क बढेको भए पनि विदेशीको तुलनामा नेपालीलाई भने सस्तो गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
सगरमाथा आरोहण बसन्त ऋतुमा गर्न सबैभन्दा उपयुक्त समय हो । यो समयमा नै सगरमाथा आरोहण हुँदै आएको छ भने अन्य सिजन शरद, शिशिर र वर्षा ऋतुमा भने आरोहणको लागि उपयुक्त समय नभएकोले उक्त बेला सगरमाथा जान्छु भन्नेले तिर्नुपर्ने शुल्क पनि कम हुन्छ । यस्तो शुल्क बसन्त ऋतुको तुलनामा शरदमा आधार मात्रै तिर्नुपर्ने हुन्छ । शिशिर र वर्ष ऋतुमा भने शरद ऋतुकै आधार तिरे पुग्ने व्यवस्था सरकारले पर्वातारोहण नियमावलीमै व्यवस्था गर्दै आएको छ ।
वसन्त ऋतुको लागि सरकारले ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा विदेशीबाट लिने शुल्क पनि १८ सय डलरलाई बढाएर ३ हजार डलर पुर्याएको छ । ७५ सय देखि ८ हजार मिटरसम्मको हिमालको लागि लाग्ने शुल्क ६ सयबाट बढाएर १ हजार पुर्याएको छ ।
७ हजार देखि ७५ सय मिटरसम्मको हिमालमा विदेशीले अनुमति लिनुपर्दा तिर्नुपर्ने वसन्त ऋतुको शुल्क ५ सय डलरलाई बढाएर ८ सय डलर, ६५ सय मिटरदेखि ७ हजार मिटरसम्मकलाई ४ सय डलरबाट ५ सय डलर पुर्याएको छ ।
आमादब्लम हिमाल आरोहणको शुल्क पनि विदेशीलाई ४ सयबाट बढाएर १ हजार पुर्याएको छ । ६५ सय भन्दा कम उचाईका हिमाल आरोहण गर्दा लाग्ने शुल्क भने विदेशीका लागि बसन्त ऋतुमा २५० डलरबाट बढाएर ३५० डलर बनाएको छ ।
प्रतिक्रिया