![](https://clickmandu.com/wp-content/uploads/2021/09/profits-1-768x511.jpg)
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७३४.९४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ३२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीले बिजुली बेचेर गर्ने आम्दानी बढेको छ भने कम्पनीको खर्च घटेको छ । त्यसैले गर्दा पनि कम्पनीको नाफा बढेको हो । चालु आवको पुस मसान्तसम्म कम्पनीले बिजुली बेचेर १४ करोड १२ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा ३ करोड २० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च १२ करोड २४ लाख ९९ हजार रुपैयाँबाट घटेर ७ करोड ७३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ ।
प्रतिक्रिया